संस्थापक शेयर विक्री गर्ने योजनामा आशा लघुवित्त

चैत २, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर विक्री गर्न निवेदन दिएको भन्दै कम्पनीले संस्थापकतर्फको शेयर विक्री गर्न लागेको हो ।  कम्पनीले संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुरुप सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित नुवाकोटस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनेको छ । तोकिएको समयावधिमा संस्थापक शेयरधनीको तर्फबाट निवेदन नआएमा प्रचलित नियमानुसार अन्य कम्पनी  तथा व्यक्तिलाई विक्री गर्ने पनि कम्पनीले बताएको छ । कम्पनीले शेयर संख्या र विक्री गर्ने मूल्य बारे केहि खुलाएको छैन । 

सम्बन्धित सामग्री

दुई लघुवित्तको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेका छन् । सूर्योदय वोमी लघुवित्तले ६० हजार ६१७ कित्ता र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८७ हजार १४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । दुबै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । दुबै कम्पनीको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा र सूर्योदय आशा लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा दुबै कम्पनीको शेयर विक्रीमा आउनेछ ।

आशा लघुवित्तको १ लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सात दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।