काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सात दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।