नेपाली कांग्रेसका इस्तियाक अहमद खान रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुखमा निर्वाचित भएका छन् । खानले ९ हजार १ सय ३४ मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन् । २०७४ सालको चुनाव जित्ने नेकपा एमालेका रामप्रसाद बस्याल ७ हजार ३ सय ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । खान संविधानसभाका सभासद हुन् ।