त्रिवि आर्थिक प्रशासनको ताला खुल्यो, कार्यकक्षमा यथावत

६ असोज, काठमाडौं । त्रिविको आर्थिक प्रशासन महाशाखाको ताला करिब दुई महिनापछि खुलेको छ । असार २७ गतेदेखि उपत्यका नेविसंघले ताला लगाएको थियो । तालाबन्दीको कारण असारदेखि कर्मचारी, शिक्षक तलब तथा पेन्सन रोकिएको भन्दै गत भदौ २७ गते त्रिविका विभिन्न १३ वटा महाशाखा प्रमुखहरुले विज्ञप्ति जारी गरी ताला खोल्न आग्रह गरेका थिए । चाडबाडको मुखमा […]

सम्बन्धित सामग्री

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको ताला खोल्ने सहमति

१७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा लागेको ताला खोल्ने सहमति भएको छ । पनिका र अनेरास्ववियु त्रिवि जिल्ला कमिटि शुक्रबार तालाबन्दी गरिएको विषयमा छलफल गर्दा ताला खोल्न सहमति जुटेको कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले समस्या समाधानको पहल गरिएको र अबका दिनमा परीक्षा केन्द्र निर्धारण गर्दा त्रिविको विद्यमान नीति र […]

परीक्षा केन्द्र टाढा राखिएको भन्दै त्रिवि पनिकामा अनेरास्ववियुको ताला

१० चैत, काठमाडौं । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । आइतबारबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै उनीहरुले ताला लगाएका हुन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको […]

नेविसंघले त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले आज खोलेको छ। नेविसंघले ताला लगाएपछि त्रिवि सेवा आयोगमा प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता रोकिएको थियो। नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगमा लगाइएको ताला खोलिएको जानकारी दिए। सेवा आयोगले २०७७-०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी […]

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा नेविसंघले पुनः लगायो ताला

१९ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा पुनः ताला लगाएको छ । ताला लगाउँदै त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप लगाएका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी […]

त्रिवि केन्द्रीय कार्यालयमा दुई महिनादेखि लागेको ताला अझै खुलेन

१५ चैत, काठमाडौं । ७ माघदेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयमा लागेको ताला अझै खुलेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसआवद्ध नेविसंघ त्रिवि इकाइको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको यूथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सम्बन्धन दिन ‘घुस मागेको’ आरोप लगाउँदै त्रिवि पदाधिकारीले राजिनामा दिनुपर्ने माग राखेर ताला लगाएको हो । यो समस्या समाधानका […]

त्रिवि सेवा आयोगमा आंशिक शिक्षकले लगाएको ताला खुल्ने

त्रिवि पदाधिकारीको कार्यकक्षको ताला जारी त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंशिक शिक्षकहरूले लगाएको ताला खुल्ने भएको छ । त्रिवि वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच बुधबार भएको वार्तामा चारबुँदे सहमतिपछि...

आंशिक प्राध्यापकहरु त्रिवि सेवा आयोगको ताला खोल्न सहमत

२५ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरु सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका छन् । बुधबार विश्वविद्यालयको वार्ता टोलीसँगको छलफलपछि उनीहरु त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका हुन् । त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच भएको चार बुँदे सहमतिको चौथो बुँदामा सेवा आयोगमा गरिएको तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम फिर्ता लिने […]

त्रिवि सेवा आयोगमा आंशिक शिक्षकको ताला

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा आंशिक शिक्षकले ताला लगाएका छन् । त्रिविले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै त्रिवि आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको हो ।  त्रिवि प्राध्यापक संघका पूर्वअध्यक्ष तथा संरक्षक शशी...

सहमतिपछि त्रिवि उपकुलपतिको कार्यालयको ताला खोलियो

काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ […]

त्रिवि क्याम्पस प्रिन्सिपलको कार्यालयमा लगाएको ताला ४ महिनापछि खुल्यो

काठमाडौं, असार १५ । त्रिभुवन विश्वद्यिालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा लगाइएको ताला ४ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ त्रिवि समितिले विश्वविद्यालयको नियम मिचेर २३ जना प्राध्यापक आवास गृहमा बस्दै आएको भन्दै गत फागुन १६ गते २४ घण्टाभित्र आवास खाली गर्न माग गरेको थियो । आवास खाली नभएपछि संघले विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेको […]