हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि कराँते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुनेछ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती