म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा घुमफिर गरेर रमाउनका लागि पर्यटकीय स्थलहरु थुप्रै छन् । अग्ला टाकुरा, डाँडाकाँडा, तालतलैया, भन्ञ्याङ–चौतारी, झरना, गुफालगायत पर्यटकीय स्थलहरु यहाँ पर्दछन् । तीनै पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गर्न पछिल्लो समय आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । म्याग्दीमा रहेका पर्यटकीय स्थलहरुमध्ये बेनी नगरपालिकाभित्र पर्ने केभहिल अर्थात् गुफाको डाँडो पनि एक हो […]