काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवाहरूमा छूट दिइने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौता अनुसार सिद्धार्थ ग्रुपका होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा बैंकका ग्राहकलाई छूट दिइने बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका थिए । ग्राहकले छूट सुविधा लिन बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङको माध्यमले भुक्तानी गर्दा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छूट दिइने बताइएको छ ।