हिजोआज मुस्ताङका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु एक हजार ३०० छ। यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गरेका थिए। हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि […]
काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सोमबार मधेस प्रदेशमा भएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अपमान भनेका छन् । श्रेष्ठले सोमबार मधेस प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलबाटै मुख्यमन्त्री बनाएको प्रसंगमा उनले यस्तो बताएका हुन्। प्रदेश प्रमुख भण्डारीमार्फत पानस होटेलमा मुख्यमन्त्रीका रुपमा यादवलाई शपथ गराइनु […]
काठमाडौं– चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकरसमेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।