संयुक्त राजनीतिक दलित संघर्ष समितिले दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको सबै राजनीतिक दलका दलित भ्रातृ संस्थाका नेताहरूको बैठकले विगतमा दलित आन्दोलनबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा, रणनीति, आचारसंहितालगायत दस्तावेज तयारीका लागि कार्यदल गठन गरेका हुन् ।