बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर पौडेल अख्तियारको नियन्त्रणमा

काठमाडौं, २४ साउन । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर विनोद कुमार पौडेललाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्न रकमसहित बुढानिलकण्ठस्थित सव्रिना होटलबाट नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी […]

सम्बन्धित सामग्री

प्रधानाध्यापक उपाध्याय घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं : बर्दियाको राजापुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरापुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आज (मंगलबार) सेवाग्राहीबाट १४ हजार ५ सय रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।राजापुर नगरपालिका-४ सरस्वती भवन नजिकबाट पक्राउ परेका उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। यस्तै बु

७२ हजार घुस लिएको अभियोगमा सबइन्जिनीयर पौडेल अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७२ हजार घुस लिएको अभियोगमा बुढानिलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट आज (शुक्रबार) नियन्त्रणमा लिएको हो । आरोपी सबइन्जिनीयर पौडेलको थप अनुसन्धान […]