दुई वर्षीया छोरी छाडेर आमा एक महिनादेखि सम्पर्कविहीन

पर्वत :  जलजला गाउँपालिका–५ देखफाँटकी २० वर्षीया एक महिला एक महिनादेखि बेपत्ता छिन्।गत साउन ६ गते दुई वर्षीया छोरीलाई घरमा नै छोडेर सम्पर्कविहीन रहेकी सुजता खड्का जिसी सम्पर्कमा नआएकी हुन्। जलजला गाउँपालिका–८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर निस्किएको र हालसम्म पनि सम्पर्कमा नआएको परिवारले बताएको छ।सुजताका आफन्त र इष्टमित्र समक्ष सम्पर्क र आन्तरिक खोजतलास गरे पनि उनको अवस्थाका बारेमा थाहा नभएपछि श्रीमान् मदन जिसीले गत साउन ११ गते

सम्बन्धित सामग्री

आफूलाई बचाइदिन दुवै मिर्गौला फेल भएका राजेन्द्रको अपिल

पर्वत : आमा बितेको १४÷१५ वर्ष भयो भने हृदयाघातका कारण बाबु बितेको पाँच वर्ष भयो। १६ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत छिरेका बागलुङको बागलुङ नगरपालिका–१३ पैयूँपाटाका ३२ वर्षीय राजेन्द्र परियार आफै पनि जीवन र मरणको दोसाँधमा छन्। १६ वर्षसम्म भारको चेन्नईमा सवारी चालकको काम गर्दै आएका परियार विगत छ महिनादेखि पर्वतको कुश्मा नगरपालिका–४ मा रहेका आफन्तहरूको घरमा सहारा लिएर बसिरहेका छन्।चालककै वेतनबाट परिवार पाल्दै आएका राजेन्द्रले चेन्नइमा श्रीमती आसादेवी, दुई छोरी र एक छोरालाई

मिर्गौला पीडित मनिदेवीको जीवन बचाइदिन आग्रह

मेघराज रिस्मेली, जापान । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ प्याङखोला डाँडा गाउँकी ३४ वर्षीया मिर्गौला पीडित मनिदेवि विकको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । मनिदेवीको भारतको एक अस्पतालमा बिगत ६ महिनादेखि उपचारत भइरहेको छ । पहिल्यै श्रीमान गुमाएकी चार सन्तानकी आमा मनिदेवीको आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले उपचारमा समस्या परेको भन्दै सहयोगका लागि अपिल गरिएको हो । उनका श्रीमानको केही वर्षअघि नै खोलाले बगाएर मृत्यु भएको थियो भने ३ छोरी र १ छोरा सानै उमेरका छन् । सामान्य दलित परिवारकी मनिदेवीको बुटवल, काठमाडौं हुँदै उपचारका क्रममा खर्च अभाव भएपछि अहिले भारतमा रहेका उनका आफन्तले केही उपचार गराइरहेको भएपनि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा समस्या भएको छ । पीडित मनिदेवीलाई बचाउनका लागि जापानमा रहेका केही समाजसेवीहरुको अगुवाईमा रकम संकलन सुरु गरिएको छ हालसम्म केही सहयोग रकम उठेपनि उनको पूर्ण उपचारका लागि थप सहयोग आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुलाई सहयोगको लागि आग्रह गरिएको छ । सहयोग रकम जापान पोष्ट बैंकको खाता नं १०३६०७०६८९२६१ मा जम्मा गरिदिन हुन आग्रह गरिएको छ ।

बाटो भए साउदीबाट आउँथें हिँडेर !

काठमाण्डौ – लक्ष्मीसिंह ठकुरीलाई छोरीले फोनमा भनिन्, ‘आमा पैसा पठाइदिनु न ।’ छोरीको यो बाक्य सुन्नासाथ लक्ष्मीको मुखबाट शब्द फुरेन । आँखाबाट बलिन्द्रधारा आँसु झरे । तर अरबको देशमा त्यो आँसुको मोल कस्ले बुझ्ने ? पाँच महिनादेखि काम नहुँदा कोठामा थुनिएकी आमासँग पैसा छैन छोरी भनेर कसरी भन्ने ? कमाउन गएकी...

बाटो भए साउदीबाट आउँथें हिँडेर !

काठमाण्डौ – लक्ष्मीसिंह ठकुरीलाई छोरीले फोनमा भनिन्, ‘आमा पैसा पठाइदिनु न ।’ छोरीको यो बाक्य सुन्नासाथ लक्ष्मीको मुखबाट शब्द फुरेन । आँखाबाट बलिन्द्रधारा आँसु झरे । तर अरबको देशमा त्यो आँसुको मोल कस्ले बुझ्ने ? पाँच महिनादेखि काम नहुँदा कोठामा थुनिएकी आमासँग पैसा छैन छोरी भनेर कसरी भन्ने ? कमाउन गएकी...