राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा सत्ता गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बनेकाहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेत, नेकपा (एस) बाट जयन्ती राई र जनता समाजवादी पार्टीबाट हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् । 

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा खस्यो ७० प्रतिशत मत

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश १ मा हालसम्म ७० प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत भरत लम्सालले साढे ११ बजेसम्ममा ७० प्रतिशत मत खसिसकेको जानकारी दिएका हुन् ।   बिहान ९ बजेदेखि शुरू मतदानमा तीन पदका लागि ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । एमाले तथा राप्रपाका तीन उम्मेदवार एक्ला–एक्लै चुनावी मैदानमा छन् ।  गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । स्थानीय तहका प्र...

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ का मुख्यमन्त्री राईले गरे मतदान

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा भइरहेको मतदानमा मुख्यमन्त्री राजेन्द्र राईले मतदान गरेका छन् । उनले केहीबेर अघि मतदान गरेका हुन् ।  प्रदेश १ मा बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । तीन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तीन दलका तीन उम्मेदवार चुनावी मैदानमा छन् ।  गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट...

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा राप्रपाले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता गराएको छ ।  महिलामा रञ्जु प्याकुरेल र खुलामा अमरबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका हुन् ।  निर्वाचनमा राप्रपालाई निर्णायक शक्ति मानिएको छ ।

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा एमालेले गर्‍यो ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट नेकपा एमालेले तीन जनाको उम्मेदवारी दर्ता गराएको छ । मंगलवार दिउँसो विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो । खुलातर्फ गुरू बराल (मोरङ), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)ले उम्मेदवारी दर्ता गराएका हुन् ।  सात प्रदेशमध्ये प्रदेश १ मा एमालेको मतभार धेरै छ । प्रदेश १ मा नेपाली कांग्रेसको तर्फबाट गोपाल बस्नेतले उम्मेदवारी दर्ता गराउँदै छन् ।