काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन्।देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।'जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो', उनले भने। छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरे