माग नभएपछि खुम्चियो खाद्यवस्तुको विक्री

विराटनगर । कोभिड संक्रमण र निषेधाज्ञाको प्रभावले माग घटेपछि मोरङमा सञ्चालित उद्योगको खाद्य उत्पादनको विक्री ७५ प्रतिशतसम्म खुम्चिएको छ । जिल्लाका केही चाउचाउ र बिस्कुट उद्योगले बजारबाट माग नआएपछि आफ्नो उत्पादन बन्द गरेका छन् । गतवर्षको लकडाउन अवधिमा भने विभिन्न संघसंस्थाले राहतको रूपमा वितरण गर्दा दाल, चामल, तेल लगायत खाद्यवस्तुको विक्री बढेको थियो । बजार र यातायात समेत बन्द भएकाले उत्पादित वस्तु उपभोक्तासम्म पुग्न नसकेको र कोभिड संक्रमणको जोखिमका कारण उपभोक्ताहरू किनमेलका लागि पसलसम्म नआएकाले दैनिक उपभोग्य वस्तुको विक्री घटेको व्यवसायीको भनाइ छ । चन्द्रशिव राइस मिलका प्रबन्धक नरेश राठी अघिल्लो लकडाउनमा सामान्य अवस्थामा झैं उद्योग सञ्चालनमा रहेको, दैनिक ४० टन धानबाट चामल र २५ टन तोरी पेलेर तेल उत्पादन गर्दै आएकोमा यस वर्षको लकडाउनमा १० टन धानबाट चामल बनाइरहेको बताउँछन् । ‘मूल्य बढे पनि खाने तेलको माग ठीकै छ, तर चामलको माग ७५ प्रतिशत घटेको छ,’ उनले भने । गएको चार महिनामा प्रतिटन ५५० डलरबाट ८५० पुगेपछि तोरी तेलको खुद्रा मूल्य एक लिटरको २ सय ८० पुगेको छ । यद्यपि अन्तरराष्ट्रिय बजारको तुलनामा नेपालमा अहिले तोरीको तेलको मूल्य सस्तो रहेको दाबी राठीको छ । भारत र अष्ट्रेलियाबाट तोरी मगाएर यहाँका उद्योगले तेल उत्पादन गर्दै आएका छन् । अहिले भारतबाट आउने तोरी अष्ट्रेलियाबाट आउने भन्दा महँगो भएकाले उद्यागीहरूले अष्टे«ेलियाबाट आयात गर्न थालेका छन्, जुन भारतभन्दा लिटरमा २० रुपैयाँ सस्तो उत्पादन भइरहेको छ । गुडलाइफ ब्रान्डका बिस्कुट उत्पादन गर्दै आएको एसियन बिस्कुट इन्डस्ट्रिजले शुक्रवारदेखि उद्योग बन्द गरेको छ । गोदाममा बिस्कुट थन्किएको र डिलरबाट पनि उपभोक्तासम्म नपुगेपछि उद्योग बन्द गर्नुपरेको उद्योगका सञ्चालक महेश जाजूले बताए । उनको उद्योगले दैनिक ४० टन बिस्कुट उत्पादन गर्दै आएको थियो । अघिल्लो वर्षको लकडाउनमा माग अनुसार आपूर्ति गर्न उद्योगहरूलाई धौ धौ परेको थियो । तर यो पटक कडाखाले लकडाउन भएकाले उपभोक्ताले किन्ने ठाउँ नै नपाएकाले उद्योगको उत्पादन क्रमशः घटाउदै लगेर अन्तमा बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । उनका अनुसार चाउचाउको पनि उत्पादन ५० प्रतिशतमा झरिसकेको छ । त्यस्तै जुस, साबुन लगायत उद्योग पनि एक साताभन्दा बढी उत्पादन दिन सक्ने अवस्थामा नरहेको उनले बताए । उनका अनुसार बिस्कुट र चाउचाउ उद्योगमा एक हजार श्रमिक काम गर्छन् । उद्योग बन्द भएपछि उनीहरूको समेत रोजगारी गुमेको छ । गतवर्षको लकडाउनका बेला दाल, चामल, बिस्कुट, चाउचाउ लगायत मालवस्तुको प्याकिङ बनाएर विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाले देशभरि नै राहत सामग्री वितरण गरेकाले उद्योग सञ्चालन सहज भएको थियो । तर यसपटक राहतका कार्यक्रम कसैले ल्याएका छैनन्, जसकारण खाद्यान्न खपत घटेको छ । झापाको मेचीनगरमा सञ्चालित मगमग चाउचाउको उत्पादक कम्पनी मनसा थाई फुड्स पनि बन्द भएको छ । दैनिक ३० टन चाउचाउ उत्पादन गर्दै आएको उद्योग माग आउन छाडेपछि बन्द गर्नुपरेको सञ्चालक बुद्धिप्रकाश घिमिरेले बताए । बुधवार साँझमा सूचना प्रकाशित गरेर अर्को सूचना जारी नगरिएसम्म बिहीवारदेखि उद्योगको उत्पादन बन्द गरिएको उनको भनाइ छ । उक्त उद्योगमा २ सय कामदार कार्यरत थिए । युवा उद्योगी विपीन कावराले पछिल्लो समय कोभिड संक्रमित तथा मृत्युदर पहिलेको भन्दा बढी रहेको र उद्योगी व्यवसायीका कोही न कोही आफन्त गुमेका कारण पनि व्यापार गरौं भन्ने अवस्थामा नरहेको लगायत कारणले पनि उत्पादन कटौती भएको बताए । ‘बजारमा माग पनि छैन र सामान पनि पर्याप्त छ,’ उनले भने । उद्योगले ‘बुलेट’ ब्राण्डको चाउचाउको उत्पादन एक सिफ्ट घटाएको उनले बताए । मोरङमा वैशाख १८ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । यसअघि झापा र सुनसरी जिल्ला जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेका थिए । प्रदेश १ का १४ जिल्लामै अहिले निषेधाज्ञा जारी छ ।

सम्बन्धित सामग्री

माग पूरा नभएपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघको ताला

प्राध्यापक संघले फागुन ४ गते नै विज्ञप्ति मार्फत १५ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको थियो। तर उक्त अवधिमा पनि माग पूरा नभएपछि संघले थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने क्रममा मंगलबारदेखि क्याम्पसमा ताला लगाएको हो।

शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी

सल्यान : शिक्षकको माग गर्दै सल्यानको बालकन्या माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको बागचौर नगरपालिका–७ टाट्केस्थित उक्त विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले विद्यालमा तालाबन्दी गरेका हुन्।वैशाखदेखि कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठनपाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ।प्राथमिक तहमा चार महिनादेखि र माध्यमिक तहमा एक महिनादेखि अंग्रेजी र गणित विषयको शिक्

चितवनमा दूधको माग घट्दो

चितवन – जिल्लामा दूधको माग घट्दै गएको छ । उत्पादनअनुसार दूधको बिक्री नभएपछि यहाँका दुग्ध उत्पादक किसान तथा सहकारी चिन्तित बनेका छन् । पछिल्लो समय गाईभैँसीमा देखिएको लम्पी स्किन रोग लागेका पशुको दूध खान हुँदैन भन्ने हल्लाका कारण बजारमा दूधको माग घटेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार अहिले […]

बिक्री नभएपछि सुन आयात बन्द

काठमाडाै‌ । बजारमा सुनको माग नभएपछि विदेशबाट हुने आयात रोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशबाट हुने सुनको आयात रोकिएको जानकारी दिएको हो । महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले माग नभएको र

मूर्ति बिक्रि नभएपछि नेपालगन्जका मूर्तिकार चिन्तित, आधा घट्यो माग

नेपालगन्ज उपमहानगरपालिका–८ सदरलाइनका विनय मूर्तिकार यस बर्ष फुर्सदिला छन्। पछिल्ला दुई बर्षको दसैंमा खाना खाने फुर्सदसमेत नपाएका उनी यस बर्ष दुर्गा भवानीका मूर्ति विक्रि नभएपछि फुर्सदिलो भएका हुन्। उनले अघिल्लो दुई...

लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित,रोजगारीको ग्यारेन्टी गर्न माग

लमजुङ । रोजगारीको ग्यारेन्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालो पट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । सङ्घर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र […]

माग संम्बोधन नभएपछि जनकपुरमा आन्दोलनरत सुकुम्बासीले सडकमै सुतेर प्रदर्शन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन्।नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ।नेप्से परिसूचक ५४.५८ अङ्कले बढेको छ।माग संम्बोधन नभएपछि जनकपुरमा आन्दोलनरत सुकुम्बासीले सडकमै सुतेर प्रदर्शन गरेका छन्।ए डिभिजन लिगका लागि बोलाइएको दोस्रो बैठक पुन स्थगित भएको छ।

माग पूरा नभएपछि सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको धर्ना

नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्। नेतृत्वसमक्ष राखेका माग पूरा नभएपछि उनीहरुले मंगलबार सांकेतिक रुपमा धर्ना सुरु गरेका हुन्। भदौ ५ मा बसेको वरिष्ठ नेता रामचन्द्र...

एसइई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

काठमाडौं : सरकारले २०७७ सालको एसइई परीक्षाका लागि लिएको शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरूले माग गरेका छन्। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएपछि शुल्क फिर्ता गर्नुपर्ने उनीहरुले माग उठाएका हुन्।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शुल्क फिर्ता गर्नुपर्ने सरकारसँग माग गरे। उनले भने, ‘जुन प्रयोजनका लागि शुल्क लिइएको हो, त्यसमा प्रयोग नभएपछि नैतिक रुपमा शुल्क फिर्ता हुनुपर्ने स्वाभाविक हो। हामीले यही माग सरकारसँग गरिरहेका छौँ।’उनले त्यही शुल्कबाट विभ