विपक्षी गठबन्धनका विद्यार्थीद्वारा सरकारविरुद्ध प्रदर्शन [तस्बिरहरु]

विपक्षी गठबन्धनका विद्यार्थीहरुले सरकार विरोधी प्रदर्शन गरेका छन् । बिहीबार प्रदर्शनीमार्गमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नाराबाजी गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राजमोका विद्यार्थीहरुले संयुक्त रुपमा गरेको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो । असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै विद्यार्थीहरुले सरकार विरोधी प्रदर्शन गर्दै आइरहेका छन् ।

सम्बन्धित सामग्री

विद्यार्थी संगठनले गरे शंख फुकेर सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विभिन्न पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले पेट्रोलिय पदार्थको मूल्यबृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध राजधानीको माइतिघर मण्डलामा आइतबार दिउँसो संयुक्त रुपमा प्रदर्शन गरेका हुन्। उनीहरुले शंख फुकेर सरकारको विरोध गरेका छन्। साथै उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानकि कदम चालेको भन्दै नारावाजीसमेत गरेका थिए।

पाँच विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरीसँग झडप (तस्बिरहरु)

काठमाडौँ– पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। राजधानीको मीन भवन, नयाँ बानेश्वर क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडपसमेत भएको थियो। मसाल जुलुससहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीसँगको झडपमा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका महासचिव आरती लामा घाइते […]

मेयर शाक्यलाई माफी माग्न पाँच विद्यार्थी संगठनको आग्रह

१८ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् । राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै …