रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी  साधन खोल्ने निर्णय समेत गरेको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय

सम्बन्धित सामग्री

रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको