नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ ।
यद्यपि, सो कार्...