काठमाण्डाै – विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाह आउन थालेका छन् ।
२०७८ चैत २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनरमा आधारित कार्गो मात्र आउने गरेकोमा गएको असार १४ गतेदेखि भन्सार जाँच पासका लागि नयाँ गाडीहरू समेत आउन थालेका थिए । अहिलेसम्म पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास आइसकेका छन् ।
त्यसैगरी आयातकर्ताहरूले गएको शनिवारदेखि विद्युतीय गाडीहरू समेत भन्सार जाँचपासका लागि चोभार ल्याउन थालेका छन् । चोभार भन्सार ...