काठमाडौं : प्रतिनिधिसभा सांसदहरुले एसपिपीबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्न माग गरेका छन्। विशेषगरी प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले पत्रको व्यहोरा पढेर सुनाउन माग गरेका हुन्। एमाले सांसद भीम रावलले ढिलै भए पनि पत्र पठाएकोमा धन्यवाद दिँदै पत्र सार्वजनिक गर्न माग गरे। सांसद विमला विकले पत्रमा उल्लेख भएको विषय सार्वभौम संसदले थाहा पाउने विषय भएकाले पत्र सार्वजनिक गर्न माग गरेका छन्। यस विषयमा अब परराष्ट्रमन्त्री खड्काले जवाफ दिने कार्यक्रम छ । यसअघि बोल्दै पर