कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिह...

सम्बन्धित सामग्री

निषेधाज्ञामा पनि रिङरोड कालोपत्र गर्ने कार्य जारी

जेठ ४, कैलाली । नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको नगरपालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ । करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरणअन्तर्गत ३ दशमदव ५६ किलोमिटर सडक कालोपत्र गर्ने काम भुखाली चोकबाट शुरु भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३ दशमलव ५६ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले जानकारी दिए । पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्किरहे पनि निर्माण कम्पनीलाई ताकेता गरेर वडाको महत्वपूर्ण योजनाको कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीले बताए ।  नगरपालिकाले पहिलो चरणको ३ दशमलव ५६ किलोमिटर सडक निर्माणका लागि रेखा जेबी निर्माण सेवा लम्कीसँग रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्का सम्झौता गरी काम शुरु भएको एक वर्षभित्रमा तीन किलोमिटर ५६ दशमलव मिटरको सडक कालोपत्र भइसक्ने सम्झौताअनुसारै काम अघि बढिरहेको अध्यक्ष शाहीले जानकारी दिए । दोस्रो लहरको कोरोना संक्रमणका कारण कैलालीमा एक महीनामा मृत्यु हुनेको संख्या २०० बढी छ तर पनि महामारीका बीचमा किन कामलाई निरन्तरता दिइरहनुभएको भनेर आफूहरूलाई धेरै ठाउँबाट प्रश्न आउने गरेको अध्यक्ष शाहीले बताए ।  महामारीबाट जनतालाई कसरी जोगाउने भन्नेमा त हामी लागिरहेकै छौँ तर विकासे योजनालाई पनि समयमै सक्नु आफूहरूको कर्तव्य भएको हुनाले यस्तो महामारीमा पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीको भनाइ छ ।  हामी अहिले कोरोना रोकथाममा पनि सक्रियतापूर्वक लागिरहेका छौँ । भारतबाट आएका जनताको तथ्यांक राखेर उनीहरुको स्वास्थ्य अवस्था हेरी आवश्यक परेकाहरूको परीक्षण गराई होम आइसोलेशन र होम क्वारेन्टिन रहन सुझाव दिने गरी जनप्रतिनिधि टोलटोलमा खटिएका छाँै तर यता जनता बचाउने र विकास गर्ने दुवै कामलाई सँगसँगै अघि बढाउने गरी काम गर्नुपर्ने भएको हुँदा विकासे काम रोक्न नसकिएको अध्यक्ष शाहीले बताए ।  स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पीपलडाँडा, पूर्वी पेट्रोल पम्प, बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौकसम्म करीब १७ किलोमिटरको रिङरोडको निर्माण अवधि ३ वर्षको रहेको छ । रासस

कोरोना संक्रमण बढ्यो, तयार छैन क्वारेन्टिन र आइसोलेसन

कोरोना भाइरस संक्रमणको दोस्रो लहर दैनिक बढिरहेको छ । समुदायस्तरमै संक्रमित भेटिन थालेपनि क्वारेन्टिन र आइसोलेसनका विषयमा स्थानीय सरकार अन्यौलमा छन् ।