उत्तर–मध्य म्यानमारमा रहेकाे एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको ज्यान गएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् ।
म्यानमारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गएकाे शुक्रवार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।&nb...