इजरायलमा नफ्टाली बेनेटको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै त्यहाँको वायुसेनाले गाजा स्ट्रिपमा बुधवार बिहानै हवाई आक्रमण गरेको छ ।
गाजाबाट लडाकूहरूले दक्षिण इजरायलमा बम भएको बलून पठाएपछि जवाफी कारवाहीस्वरूप हवाई आक्रमण गरिएको बताइएको छ ।
गत मे २१ मा इजरायल र गाजामा युद्धविराम भएपछि पहिलोपटक हवाई आक्रमण गरिएको हो । उक्त संघर्षमा २६० प्यालेस्टाइनी र १३ इजरायलीहरूले ज्यान गुमाएका थिए ।
प्यालेस्टाइनी स्रोतहरूका अनुसार, इजरायलको वायुसेनाले गाजाको खान युनेसको एक स्थानलाई तारो बनाएको छ ...