काठमाडाैं । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति रहेको आरोप लगाउनुभएको छ । प्रधानन्यायाधीशको नियुक्तिलगायतका माग राख्दै बार परिसरमा जारी आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले न्यायापालिकाले स्वचालित पेशी व्यवस्थापन गर्न नसकेको, न्यायापालिकाले लामो समयदेखि नेतृत्व पाउन नसकेको भन्दै विभिन्न जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्युत हुँदै गएको बताउनुभयो । संसद सरकार र […]