काठमाडौं । संवैधानिक व्यवस्था लत्याएर संसदमा झारा टार्ने शैलीमा महिला प्रतिनिधित्व गराउन प्रमुख दलहरुबीच एकमत जस्तै देखिन्छ । यसले मूलधारका राजनीतिक दलको नेतृत्व पितृसतात्मक सोचबाट ग्रस्त भएको आरोप महिला नेतृत्वले लगाउने गरेका छन् । दलहरुले संविधान कार्यान्वयन भएको गौरव गरिरहँदा चुनावी प्रतिनिधित्वमा महिलामाथि भएको विभेदले उनीहरुको क्षमतामा प्रश्न उठाएको छ । विश्लेषकहरु भने महिला पछि […]