बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गएराति बर्दियाकी ४६ वर्षीय महिला र बर्दियाकै ६८ वर्षका पुरुषको बाँकेका भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको जनाएको छ। बर्दियाको गुलरिया नगरपालकिा–७ की महिलाको भेरी अस्पतालमा गएराति १० बजे मृत्यु भएको हो। यस्तै बाँसगढी नगरपालिका ८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराति ११ बजेर ५० मिनेटमा निधन भएको बाँके जिल्ला जनस्वास्थ्य कार्याल

सम्बन्धित सामग्री

भेरी अस्पतालमा कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं :  बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। पुस १३ गते भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ।यस्तै भेरी अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। उनलाई पुस १६ गते अस्पताल भर्ना गरिएको थियो।

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ। बाँके कोहलपुर नगरपालिकाका ४३ वर्षीय पुरुष र कैलाली टिकापुर नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा पुरुषको गएराति साढे १ बजे र महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो। योसहित बाँकेका ३ सय २४ र जिल्ला बाहिरबाट उपचार गराउन पुगेका ३ सय ८७ संक्रमितको मृत्यु भएको छ।

कैलाली र बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिय