कैलाली र बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिय

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।