काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स लगातार छैटाैँ खेलमा पनि पराजित भएको छ । मुम्बई आज लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भयो ।मुम्बईमा दुई सय रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर एक सय ८१ रन मात्रै बनाउन सक्यो । उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाए । बलिङतर्फ लखनउका अवेश खानले तीन विकेट लिए ।मुम्बईले ६ खेल खेलेकोमा अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन । यसअघि टस हारेर पहिले ब्याटिङको निम्ताे पाएको लखनउले २० ओभरमा चार विकेट गुमाएर एक सय ९९ रन ...