प्रधानमन्त्री पुष्पकमल दाहालले गणतान्त्रिक राज्यव्यवस्थामा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको बताएका छन् । उनले राज्यप्रति नागरिकले गर्ने गुनासा तत्काल सम्बोधन हुनुपर्ने पनि बताएका छन् । जनताका असन्तुष्टि र गुनासो सम्बोधन तत्काल सम्बोधन गर्न नसकिए व्यवस्थाप्रति नै जनतामा निराशा छाउने पनि उनको भनाइ थियो ।