भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्”,प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि …