गण्डकीमा एमाले अधिवेशन : दुई जिल्ला अध्यक्ष सर्वसम्मत, अन्यमा जुटेन सहमति

 गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियास

सम्बन्धित सामग्री

एमाले अधिवेशन : मधेशमा ३ आकांक्षी

नेकपा एमालेको पहिलो मधेश प्रदेश अधिवेशनमा तीन जना अध्यक्षको आकांक्षी देखिएका छन् । सिरहाका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सर्लाही अध्यक्ष राजनारायण साह र बाराका विचारी यादवले अध्यक्षमा दाबी गरेका छन् । पर्साका यादव प्रदेश कमिटीका सचिवालय सदस्य हुन् ।

धनुषा एमाले अधिवेशन : राजकिशोर यादव पक्षबाट बहिष्कार, बिहीबार निर्वाचन हुने

नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन लम्बिने भएको छ । अध्यक्ष, पदाधिकारीसहित नयाँ नेतृत्वमा सर्वसम्मतिको प्रयास असफल भएपछि बिहीबार निर्वाचन हुने भएको छ । अध्यक्ष मण्डलले जिल्ला कमिटीका सदस्यहरुको नाम टुङ्गो लगाएपछि पदाधिकारीमा निर्वाचन हुने जनाएको हो । तर जिल्ला कमिटी सदस्यहरुको नामावली सार्वजनिक भएसँगै राजकिशोर यादव समूहले भने विरोध गर्दै अधिवेशन बहिष्कार गरेको छ ।धनुषा जिल्लामा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन समेत काम लागेन । ओली पक्षकै वर्तमान जिल्ला अध्यक्ष राज

एमाले अधिवेशन : निर्वाचनको नतिजा स्वीकार, टिकेप्रथामा चर्को असन्तुष्टि

६ माघ, काठमाडौं । ‘पार्टी भनेको फहराइरहेको झण्डा हो ..। बाँकी दिनहरू हेर्ने र पर्खिने पक्षमा छु’, जाजरकोट एमाले उपाध्यक्षमा पराजित भएपछि नवराज सिंहले लेखेका छन् । जिल्ला अध्यक्ष निर्वाचित खिमबहादुर शाहीलाई बधाई दिँदै सिंहले खबरदारी पनि गरेका छन् । निर्विरोध नेतृत्व चयनको प्रयत्न सफल नभएपछि जाजरकोट जिल्ला नेतृत्व चयन गर्न खिमबहादुर र करबीर शाहीले […]