‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने

काठमाडौं। सप्तकोशीको त्रिवेणीमा रहेको ‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने तयारी प्रदेश सरकारले गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किराँती संस्कृति,सभ्यता र मुन्धुमसँग जोडिएको ‘खुवालुङ’ढुंगाको संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने विषय समेटिएको छ। अरुण, तमोर र दुधकोशीमा जलयातायातको सम्भाव्यता अध्ययन गरिने र नदी किनारमा रहेका ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक पर्यटकीय केन्द्रको संरक्षण र विकास गरिने बताइएको छ।

सम्बन्धित सामग्री

खुवालुङ ढुंगा संरक्षण गरेर जलमार्ग बनाउछौं : मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने योजना रहेको बताएका छन्। आज मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने, “खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजियो। तर ढुङ्गाको संरक्षण गर्ने सरकारको नीति रहेकाले विवाद गर्नुपर्ने ठाउँ छैन।”

खुवालुङको संरक्षण गर्दै सप्तकोशीमा जलमार्ग बनाउने

काठमाडौं। विवादित बनेको सप्तकोशी नदीस्थित त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको संरक्षण गर्दै जलमार्ग बनाउने तयारी रहेको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।बुधबार पत्रकार भेटघाट कार्यक्रममा भौतिक पूर्वधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले किरातीहरुको सभ्यतासँग जोडिएको खुवालुङलाई संरक्षण गरी अर्को साइडबाट पानीको बहाव फर्काएर जलमार्ग बनाउने कार्य भइरहेको बताए।खुवालुङ ढुंगा फुटाएर जलमार्ग बनाउने तयारी भएपछि किराती समुदायले विरोध जनाएका थिए।

रेल्वेको सम्पत्ति संरक्षण गरौं

नेपालमा पछिल्लो एक वर्षदेखि रेलमार्गका विषय सधैं चर्चाको केन्द्रमा छन् । पूर्वाधार विकासको तीव्र आकांक्षाले तिर्खाएका नेपालीका लागि रेलमार्ग र जलमार्ग आशा जगाउने माध्यम भएको छ ।