प्रदेश १ सरकारले प्रदेशकाे नामकरण टुंगिन नसक्नुमा सबै दलकाे कमजाेरी रहेकाे बताएकाे छ । ५ वर्षे कार्यकालकाे प्रदेशसभाकाे अन्तिम बैठकलाई सम्बाेधन गर्दै सरकारले यस्ताे बताएकाे हाे । सरकारकाे तर्फबाट आर्थिक मामिला तथा याेजनामन्त्री ईन्द्रबहादुर आङ्बाेले नामाकरणकाे विषय अब नयाँ संसदमा गएकाे बताए ।अहिलेकाे अवस्थामा कुनै पनि दलहरूले तिताेमिठाे जस-अपजस लिन नखाेजेकाेले नामकाे टुंगाे नलागेकाे उनले बताए ।