ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाथीभरा याङवरक गाउँपालिका–४ डुम्रीसेका २१ वर्षीय रोशन तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङको शिवानी हाइड्रोपावरले निर्माण गरेको...
दैलेख – दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो । आज दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले […]
अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका–१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सक
सोमबार तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना वेपत्ता भएका छन् । जिल्लाको सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका भारतीय युवाहरूलाई पौडी खेल्ने क्रममा नदीले बगाएको थियो ।मृत्यु हुनेमा भारत उत्तरप्रदेश दाहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार निसाद रहेका छन् । अर्का युवक सनिकुमार भने वेपत्ता भएका छन् । निसादको शव बुटवल १९ लाफाचौरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भइरहेको प्रहरीले जनाएको
४ असार, बुटवल । पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो । शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको […]
राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए । अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी
पर्वत : पौडी खेल्ने क्रममा डुबेर पर्वतको पैयुँ गाउँपालिकामा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पैयुँ गाउँपालिका–४ मा रहेको सेती खोलामा पौडी खेल्ने क्रममा महाशिला गाउँपालिकाको बालाकोट घर भएका २१ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो।सुनिलसँगै पौडी खेल्न गएका उनका साथी अन्दाजी २१ वर्षीय युवराज नेपाली घाइते भएका छन्। उनीहरू भलिबल खेल्न पैयुँ पुगेको बेलामा पौडी खेल्ने गएको र पौडिन नजान्दा डुबेको हुनसक्ने प्रहरीको
गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा प्युठानका एक युवकको डुबेर मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र रहेको शान्तिपुर बजार नजिकै रहेको हाइड्रोपावरको ड्याममा आईतबार दिउँसो पौडी खेल्ने क्रममा हाईड्रोपावरभित्र छिरेर प्युठानको नौवहिनी गाउँपालिका–२ का अन्दाजी २० बर्षीय नेपालसिंह थापाको मृत्यु भएको हो । ड्याममा तीन जना पौडी खोल्न पुगेका र तीमध्ये थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रव
दाङ : बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–८ पिपरी का १९ वर्षीय आशिष चौधरी छन्।वन रक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्दा बबई नदीमा डुबेर चौधरीको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।उनी दंगीशरण गाउँपालिका–३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए। आशिष दंगीशण घर भएका साथी विशाल चौधरीको घरमा गएको बेला पौडी खेल्न साथीहरूसँग बबई नदीमा गएका थिए। त्यही क्रममा नदीमा गएको र पौडिन
नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दैलेख : पौडी खेल्ने क्रममा डुबेका एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका–५ लुङग्रा घर भई हाल नारायण नगरपालिका बस्दै आएका अन्दाजी २१ वर्षीय वीरेन्द्र भुसाल छन्। मध्यपहाडी लोगमार्गअन्तगर्गत दैलेख खण्डमा काम गर्दै आएका भुसाल बिहीबार नारायण नगरपालिका–११ मा पर्ने लोहोरे खोलाको लाटामरे दहमा डुबेका प्रहरीले जनाएको छ।भुसाललाई उद्धार गरी उपचारका निम्ति दैलेख अस्पताल पठाइएको र उनको उपचार क्रममा अस्पतालमा मृत्यु भएको दैल