एमाले विवाद : कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (एमाले) मा विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।आजको बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिनेछ। पार्टी प्रवक्तासमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने जानकारी दिए।हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको छ। स्रोतका अनुसार माधव नेपाल पक्षले संसद पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने त

सम्बन्धित सामग्री

एमाले विवाद : आज पनि कार्यदल बैठक, सहमति सार्वजनिक गर्ने दावी

काठमाडौं । विवाद समाधान नजिक पुगेको भनिएको नेकपा (एमाले) कार्यदलको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित र्अथ मन्त्रालयमा बिहान बैठक बस्ने कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।  कार्यदल सदस्यहरुले आजको बैठकले सहमतिलाई अन्तिम दिने र सार्वजनिक गर्ने दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर...

एमालेको विवाद समाधन गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास