काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।
आज आइतवार 'हेलो सरकार' को सेवालाई तीन 'शिफ्ट' मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको सबै निकायहरूलाई नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले आफूहरूलाई महत्त्वको नलाग्ने गुनासोहरू नागरिककाे दैनिक जीवनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गर्नुभयो । सार्वजनिक निकायप्रतिको...