एनसेल शेयर खरीदविक्री छानबिन समितिको औचित्य

सरकारले गठन गरेको एनसेल शेयर खरीदविक्री छानबिन समितिले काम थालेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालले खरीदविक्री कानूनविपरित भएको बताएपछि समितिको औचित्यमा प्रश्न उठेको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवार बसेको बैठकमा एनसेल खरीदविक्रीका क्रममा कानूनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको बताउनुभएको थियो । यदि कानूनविपरीत काम भएको हो भने छानबिन किन ? प्रधानमन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले कानूनविपरीत भएको छ भन्नुको अर्थ उहाँले सबै तथ्य हेरेर त्यो निष्कर्ष निकाल्नु भएको भन्ने बुझ्नुपर्छ । त्यसो हो भने उहाँले कानूनविपरीत काम हुँदा त्यस्तो हुन दिने सरकारी निकायमाथि कारबाही गर्न सक्नुपथ्र्यो । तर, कुनै एउटा राजनीतिक दलको नेताले भाषण गरेजस्तो अभिव्यक्ति प्रधानमन्त्रीले कहिल्यै पनि दिनु हुँदैन । यो गम्भीर आपत्तिको विषय हो ।  प्रधानमन्त्रीको अभिव्यक्तिले गैरकानूनी काम भएको प्रमाणित गर्छ । यदि छानबिन समितिले दिने प्रतिवेदनमा प्रधानमन्त्रीले भनेजस्तो कैफियत देखिएन भने के गर्ने ? देशको कार्यकारी पदमा रहेको व्यक्तिले यसरी जथाभावी बोल्ने हो भने यसले निकासभन्दा पनि समस्यालाई झन् गिजोल्ने निश्चित छ । प्रधानमन्त्री जस्तो व्यक्तिले जे मन लाग्यो र जसले जे खोज्यो त्यही बोल्दा अन्तत: राज्यलाई नै नोक्सान हुन्छ भन्ने कुराको ख्याल गरेको देखिएन । नेपालको कूटनीतिक क्षमता खस्किनु र अन्तरराष्ट्रिय मञ्चमा नेपालले कम महत्त्व पाउनुको कारण यस्ता गैरजिम्मेवार अभिव्यक्ति पनि हुन् ।  प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपालका राजनीतिक दल तथा सरकारमा बस्नेहरू अझै परिपक्व हुन सकेनन् भन्ने सन्देश जान्छ । गलत गर्नेलाई कारबाही गर्ने हैसियत बनाउनु प्रधानमन्त्रीको जिम्मेवारी हो तर गलत हो वा होइन भन्ने यकीन नभई दोषी किटान गर्नु कमजोरी हो ।  कुनै पनि क्षेत्रमा हुने गैरकानूनी काम रोक्न र कानूनअनुसार काम गर्न सरकारी निकायहरू र नियामक संस्थाहरू खडा गरिएका छन् । नियम मिचेर गलत काम गरेमा त्यसको अनुसन्धान गरेर कारबाही गर्न पनि संस्थाहरू खडा गरिएका छन् । तर, ती संस्थालाई नै काम गर्न दिनुको साटो बीचमा छानबिन समिति बनाएर राज्यका यन्त्रहरूलाई कमजोर बनाउने गरिएको छ । छानबिन समिति आफै विवादमा पर्ने गरेको छ । संसद् होस् चाहे मन्त्रिपरिषद् नै किन नहोस्, सबैले गर्नुपर्ने काम भनेको राज्यका यन्त्रहरूलाई आआफ्नो काम गर्न दिनु हो । यस्तो समितिले ती संस्थाहरूको मनोबल कमजोर हुन्छ र ती संस्था पंगु बन्छन् । अहिले संसद्ले र सरकारले धेरै क्षेत्रमा यस्तै हस्तक्षेप गरेका छन् । सुन तस्करी काण्डमा पनि यस्तै समिति बनाइयो तर त्यसले समाधान दिन सक्दैन भन्ने सबैलाई थाहा छ । त्यसमाथि सरकार केही महीनाभित्रै लगानी सम्मेलन गर्ने तयारीमा छ । यस्तोमा प्रधानमन्त्रीले दिएका यस्तो अभिव्यक्तिले सम्भावित लगानीकर्तामाझ पक्कै पनि सकारात्मक सन्देश जाँदैन । नाफाको आँकडा हेरेर मात्रै कोही पनि लगानी गर्न आउँदैन । नाफा र लगानी फिर्ता लैजाने सुनिश्चितता आवश्यक हुन्छ । कानूनी स्पष्टता वास्तविक लगानीकर्ताले खोज्छन् । उनीहरूले लगानी गर्नुअघि हेर्ने भनेको देशमा विद्यमान कानूनी प्रावधानहरू हुन् । त्यसो हुँदा यस्तो अभिव्यक्तिले लगानीकर्तालाई भड्काउने काम मात्रै गर्छ ।  नेपालमा अफशोर कम्पनीबाट आउने लगानीका बारेमा धेरै अस्पष्टता छ । अहिले कतिपय लगानी यस्तै अफशोरबाट आइरहेको छ । एनसेलको शेयर विक्री सजिलो विषय होइन, यो निकै पेचिलो छ । नेपालमा कारोबार नहुने संस्थाहरूले शेयर किनबेच गरेकामा छानबिन समितिले कसरी अध्ययन गर्छ ? त्यसैले यस्तो गम्भीर विषयमा विज्ञका कुरा सुन्नुपर्छ । एनसेलको कर विवाद अन्तरराष्ट्रिय तहसम्म पुगिसकेकाले नेपाल यस्तो कुरामा गम्भीर भएर कानून सुधार गर्नेतिर लाग्नुपर्छ । समस्या कहाँनेर छ त्यसमा लाग्नुपर्नेमा जे मन लाग्यो त्यही बोल्दै जाने हो भने यसले वैदेशिक लगानीलाई झनै निरुत्साहित गर्छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपालका राजनीतिक दल तथा सरकारमा बस्नेहरू अझै परिपक्व हुन सकेनन् भन्ने सन्देश जान्छ । गलत गर्नेलाई कारबाही गर्ने हैसियत बनाउनु प्रधानमन्त्रीको जिम्मेवारी हो तर गलत हो वा होइन भन्ने यकीन नभई दोषी किटान गर्नु कमजोरी हो ।

सम्बन्धित सामग्री

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।...

एनसेलबारे सञ्चारमन्त्री : छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिन्छ

१२ पुस, काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको बताएकी छन् । एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले पूर्व महालेखा परीक्षक …

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन भन्दै संसदीय समितिहरूबीच तँछाडमछाड

गत साता बेलायतमा भएको भनिएको एनसेल सेयर स्वामित्व खरिद–बिक्रीका विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउनुका साथै अदालतमा समेत सुनुवाइ भइरहेको अवस्थामा संघीय संसद्का विभिन्न समितिहरूले पनि सक्रियता बढाएका छन् । प्रतिनिधिसभाका समितिहरूबीच एनसेल विवाद सम्बन्धमा छलफल गर्न तँछाडमछाड नै चलेको छ भने सांसदहरूले फरक र विरोधाभासपूर्ण अभिव्यक्तिहरू दिइरहेका छन् ।

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी […] The post एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनसेल प्रकरण छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति

एनसेल प्रकरण छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।

एनसेल प्रकरणमा छानबिन समिति, बेकारको नाटक: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन्।

एनसेल अनियमितता प्रकरणको छानबिन गर्न समिति बन्ने [भिडियो]

शेयर खरिदबिक्रीमा अनियमितता पाइएपछि सरकारले छानबिन समिति गठन गर्ने भएको छ ।

एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ ।​ मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकपछि बोल्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । उनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्...