राष्ट्रिय सभा सदस्यका लागि बुधवार भएको निर्वाचनमा १८ जना सहभागी नभएको पाइएको छ ।
निर्वाचन आयोगका अनुसार दुई हजार ७ जनाले मतदान गरेका हुन् । कुल मतदाता संख्या भने दुई हजार २५ हो ।
आयोगले निर्वाचन उत्साहजनक र शान्तिपूर्णरुपमा सम्पन्न भएको जनाएको छ ।
निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
अहिले मतगणनाको तयारी भइरहेको छ ।