अव्यवस्थित तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दा बस्ती नै जोखिममा परेपछि बझाङको जयपृथ्वी नगरपालिका–११ का बासिन्दाले ढुंगा, गिट्टी र बालुवा उत्खनन रोक्न ध्यानाकर्षण गराएका छन् । जयपृथ्वी ११ अन्तर्गत पर्ने रुइनाबगर, भोपुर र काप्रीकोट गाउँका बासिन्दाहरूले जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्दा सेती नदीको कटान बढेको र गाउँ नै जोखिममा परेकोले नदी दोहन रोक्न र बस्ती बचाउने संरचना निर्माण गरिदिन नगरपालिकासँग माग गरेका हुन् ।