अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

काठमाडौं । नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू. ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको बैठकले उक्त आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई त्यस बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको हो । संखुवासभा जिल्लामा निर्माणधीन उक्त आयोजना भारत सरकार स्वामित्वको सतलज जलविद्युत् कम्पनीले बनाइरहेको छ । उक्त कम्पनीले नेपालमा एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी स्थापना गरेर आयोजना बनाइरहेको हो । आयोजनामा नेपाल र भारतका ६ बैंकले रू. १ खर्ब १ अर्ब ६० करोड (भारू ६३ अर्ब ५० करोड) बराबरको ऋण लगानी गरिसकेका छन् । आयोजनामा थप लगानी आवश्यक परेपछि पूँजी वृद्धि गर्न लागिएको थियो । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४८औं बैठक बसेको थियो । उक्त बैठकले प्रवद्र्धक कम्पनीलाई पूँजी वृद्धि गर्न अनुमति दिएको हो । नेपाल सरकारका प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने प्रावधान रहेको छ । बैठकले दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजनाका लागि पनि रू. १० अर्ब ५० करोड लगानी गर्न स्वीकृति दिएको छ । शनिवारको बैठकले दुईओटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करीब ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति दिएको प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए । बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । समितिले ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्नुपर्ने प्रवक्ता पौडेलेको भनाइ छ । समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् । लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवको रूपमा रहनेछन् । बैठकले लगानी बोर्डको चालू आवको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनाको शेयर खरीद विक्री सम्झौता स्वीकृत गर्नेलगायत निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री देउवाले विद्युत् खपत वृद्धि गर्नेसम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रूपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिनुभयो । यस्तै, अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरूका बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरू हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

६५ % पूँजी वृद्धि गरेको अरुण भ्याली हाइड्रोको नाफा ४० % भन्दा बढीले वृद्धि

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ९ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४० दशमलव १८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ७ करोड १३ लाखभन्दा बढी थियो । विद्युत् विक्री आम्दानी यस वर्ष ६२ दशमलव ८७ प्रतिशत बढेसँगै कम्पनीको सञ्चालन नाफा ३२ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड २५ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९२ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । सञ्चालन नाफा भने गत वर्ष रू. ९ करोड ८२ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १३ करोड ५ लाखभन्दा बढी भएको छ । कम्पनीले बोनस शेयर र हकप्रद शेयर मार्फत ६५ प्रतिशतले चुक्तापूँजी बढाएर रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार कायम गरेको छ । जगेडा कोष रकम ६४ प्रतिशत बढेर रू. १६ करोड २ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव २७ रहेको छ ।  मूल्य आम्दानी अनुपात भने ५३ दशमलव ५८ रहेको छ ।

दोस्रो त्रैमासमा अरुण भ्याली हाइड्रोपावरले कमायो ७ करोडभन्दा बढी नाफा

माघ १७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ७ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष कम्पनीको खुद नाफा १० दशमलव १० प्रतिशत बढी भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १३ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ८ करोड ७९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १० करोड १ लाखभन्दा बढी यो नाफा गरेको हो ।  गत वर्षभन्दा ३२ प्रतिशत बढी अर्थात् रू. ४ करोड २ लाख विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीको कुल आम्दानी १७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ५७ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड २१ लाखभन्दा बढी गरेको छ । हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गरी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ६ दशमलव ३३ प्रतिशत कम अर्थात् रू. १३ करोड ५२ लाख कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव ८२ छ ।

अरुण काबेली पावरले कमायो साढे १३ करोड नाफा

कात्तिक २८, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. १३ करोड ५३ लाख ८० हजार खुद नाफा गरेको छ ।  कम्पनीले आइतवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव २३ प्रतिशत बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ११ करोड ३५ लाख ४४ रहेको थियो । यस वर्ष विद्युत् विक्रीबाट गत वर्षभन्दा १८ दशमलव ४९ प्रतिशत बढी अर्थात् रू. २६ करोड ६९ लाख आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा १८ दशमलव ८५ प्रतिशत बढी रू. २४ करोड ९५ लाख ५४ हजार भएको छ । ५ दशमलव ७१ प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पुर्‍याएको छ ।  जगेडा कोष रकम गत वर्षभन्दा १०६ दशमलव ३४ प्रतिशत वृद्धि भई रू. ४२ करोड ५० लाख ८४ हजार कायम भएको छ । कम्पनीको कर्जा रकम गत वर्षभन्दा ९ प्रतिशत बढेर रू. ३ अर्ब ४५ करोड पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ३५८ दशमलव शून्य ८ रहेको छ । यो पनि हेर्नुस् : साढे ७३% बढी विद्युत् विक्री गरेको अरुण काबेली पावरको नाफा करीब २९ करोड तेस्रो त्रैमाससम्ममा अरुण काबेली पावरको खुद नाफा ४ गुणाले बढ्यो

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू। ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ ।

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू। ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको बैठकले उक्त आयोजनाको प्रवद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई त्यस बराबरको पूँजी वृद्धि गर्न अनुमति दिएको हो ।संखुवासभा जिल्लामा निर्माणधीन उक्त आयोजना भारत सरकार स्वामित्वको सतलज जलविद्युत् कम्पनीले बनाइरहेको छ । उक्त कम्पनीले नेपालमा एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी स्थापना गरेर आयोजना बनाइरहेको हो ।