राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो रु १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ । राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ ।
यस्तै सम्झौतामा खेलक...