संयुक्त राष्ट्र संघको महासभाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(ओएचसीआर) को सदस्यबाट निलम्बन गरेको छ । युक्रेनको बुचा सहरमा रुसी सेनाले 'सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघन' गरेको विषयमा महासभाले रुसलाई ओएचसीआरको सदस्यबाट निलम्बन गरेको हो । रुसलाई निलम्बन गर्नुपर्छ भन्ने प्रस्तावमा ९३ मुलुकले समर्थन गरे ।