सहकारीको बचत तथा कर्जा सुरक्षण र सूचना केन्द्रको काम अहिलेकै संरचनाबाट

काठमाडौं । सरकारले सहकारीको बचत तथा कर्जा सुरक्षण र कर्जा सूचना केन्द्रको कामको जिम्मेवारी अहिले वित्तीय प्रणालीमा रहेका संस्थालाई दिने तयारी अघि बढाएको छ । सहकारीको मात्र काम गर्ने गरी संरचना बनाउँदा समय लाग्ने र राज्यलाई पनि थप भार पर्ने भएकाले हाल बैंक, वित्तीय संस्थाहरूसँग काम गरिरहेका संस्थालाई जिम्मेवारी दिन लागेको हो ।  नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाको लगानी रहेको कर्जा सूचना केन्द्रले बैंकका ऋणीहरूको सूचना आदानप्रदान गर्दै आएको छ । सरकारको ९० प्रतिशत तथा राष्ट्र बैंकको १० प्रतिशत शेयर लगानी रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमा रहेका व्यक्तिको ५ लाख रुपैयाँसम्मको निक्षेप तथा प्राथमिकताप्राप्त क्षेत्र र विपन्न वर्गमा गरिएको लगानीको सुरक्षण गर्दै आएको छ । हाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्थालाई मात्र सेवा दिँदै आएकोमा सरकारले सहकारीलाई पनि यही संरचनामा जोड्ने तयारी गरेको हो ।  ‘निक्षेप तथा कर्जाको सुरक्षण गर्न र कर्जा सूचना केन्द्रको काम गर्न नयाँ संस्था बनाउनुभन्दा काम गरिरहेकालाई दिँदा प्रभावकारी हुन्छ,’ सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले भने, ‘यसमा सहकारीलाई कसरी जोड्न सकिन्छ भन्ने मोडालिटीबारे छलफल शुरू गरेका छौं ।’ कानूनी र व्यावहारिक विषयलाई मिलाएपछि काम अघि बढ्ने उनले बताए ।  सहकारी ऐन २०७४ मा सहकारीको कर्जा सूचना आदानप्रदान गर्न कर्जा सूचना केन्द्र र बचत तथा कर्जाको सुरक्षण गर्न बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने व्यवस्था गरिएको छ । ऐनको व्यवस्थाअनुसारका सहकारी नियमावलीमा भने विशिष्टीकृत संघको ढाँचामा केन्द्र र कोष स्थापना गरिने उल्लेख छ ।  सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले पनि सहकारी सूचना केन्द्रको लागि अहिलेकै संरचनाबाट काम गर्न सुझाव दिएको छ ।  हाल कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा सूचना सेवा दिँदै आएको छ । केन्द्रले कर्जा लिने ग्राहकको सूचना लेनदेनका साथै ऋण लिएर नतिर्नेलाई कालो सूचीमा राख्ने गर्दै आएको छ । तर, सहकारीमा यो सेवा नहुँदा एउटा सहकारीमा ऋण लिएर नतिरी कालोसूचीमा परेका व्यक्तिले अर्को सहकारीबाट पनि सजिलै ऋण लिने गरेका छन् । विशेष गरी शहरी क्षेत्रमा रहेका सहकारीमा यो समस्या बढी हुने गरेको छ । यसैगरी कोषले ३ करोड ३७ लाख निक्षेपकर्ताको खातामा रहेको साढे ११ खर्ब रुपैयाँ निक्षेप र १७ लाख ४५ हजार ऋणीको साढे २ खर्ब रुपैयाँ कर्जा पनि सुरक्षण गरेको छ । पछिल्लो समय सहकारी संस्थाहरू समस्यामा पर्न थालेपछि कर्जा सूचना केन्द्र र सुरक्षणको काम छिटो अघि बढाउन सहकारीकर्मीले दबाब दिँदै आएका छन् ।  सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले अहिलेको संरचनामा जोड्दा त्यहाँ सहकारीको पनि स्वामित्व चाहिने बताइन् । ‘अहिले बैंकसँग काम गरिरहेका संस्थाहरूमा सहकारीलाई पनि जोड्नेबारे छलफल शुरू भएको छ,’ उनले भनिन्, ‘ती ठाउँमा सहकारी क्षेत्रको पनि स्वामित्व आवश्यक छ ।’

सम्बन्धित सामग्री

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुने बैंकले जनाएको छ । सम्झौता पश्चात कृषि कर्जा प्रवाहको […]

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षणसम्बन्धी सम्झौता भएको छ ।

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषिकर्जा सुरक्षण सम्झौता

काठमाडाैँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथाकर्जा सुरक्षण कोषबीच कृषिकर्जा कार्यक्रमअन्तर्गगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकले कृषिकर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका ३ करोड रुपाैयाँसम्मको कृषिकर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौतापश्चात कृषिकर्जा प्रवाहको जोखिम थप न्युनिकरण भइ कर्जा प्रवाहमावृद्धि हुने बैकले […]

सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता

काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच सम्झौता भएको छ। कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी उक्त सम्झौता भएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैङ्कको तर्फबाट उप–महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता […]

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथाकर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषिकर्जाहरुको सुरक्षणसम्बन्धि सम्झौता भएको छ।सम्झौता अनुसार बैंकले कृषिकर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगतहुनेछ। यस सम्झौता पश्चात कृषिकर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ।उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरूको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौता पश्चात् कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैकले अपेक्षा गरेको छ । उक्त सम्झौता पत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकले दिने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण हुने बैंकले जनाएको छ । यसअघि माछापुच्छ्रे बैंकले […]

सन्राइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सन्राइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत […]

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संशोधनको अधिनमा रही सम्झौता भएको जनाएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने […]

सानिमा बैंकले कर्जा प्रवाह गर्ने कोषले सुरक्षण गर्ने

सानिमा बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । बैंकले ग्रामीण लघु वित्त तथा विपन्न वर्गको क्षेत्रमा कर्जा प्रवाह गर्ने र कर्जा सुरक्षण कोषले सो कर्जाको सुरक्षण गर्ने सम्झौता भएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै सानिमा बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्नेछ । ब