विश्वव्यापी खाद्य संकट बढ्दै गएपछि रुस र युक्रेनले खाद्यान्न निर्यात खोल्ने सम्झौता गरेका छन् । संयुक्त राष्ट्रसंघको पहलमा दुई देशले शुक्रबार इस्तानबुलमा यस्तो सम्झौता गरेका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् । युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि उनले सो कुरा बताएका हुन् । रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो । टर
युक्रेनका विषयमा रुस र पश्चिमी मुलुकहरूबीच तनाव चर्किएमा संसारभरि खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी खाद्य विशेषज्ञहरूले दिएका छन् ।
रुस र युक्रेन दुवै गहुँ र मकैको सबभन्दा ठूला उत्पादक मुलुक हुन् । ती दुवै देशले भारी मात्रामा खाद्यान्न निर्यात गर्छन् । त्यहाँ युद्ध हुँदा खाद्यान्नको दाम बढ्ने पक्का छ ।
सन् २०१४ मा क्राइमिया रुसमा विलय हुँदा पनि गहुँ र मकैको मूल्य बढेको थियो ।
जनवरी महिनाको मध्यदेखि गहुँको मूल्य तीव्र गतिमा बढेको विश्लेषकहरूले ध्यानाकर्षण गरेका छन् । परिणामस्वरूप, अन्तर्राष्ट्रिय बजारमा भाउ विग...