कर्णाली र बबईका बाढी पीडित घर फर्के

असोज २३ गते कर्णाली र बबई नदीमा आएको बाढीले विस्थापित भएका करिब २ हजार ५ सय जना घर फर्केका छन् । कर्णालीमा करिब १५ सय र बबईमा झन्डै १ हजार मानिस बाढीबाट जोगिन सुरक्षित स्थलमा पुगेका थिए ।

सम्बन्धित सामग्री

कैलालीका बाढी पीडित भन्छन् : लालपुर्जा छ, जग्गा छैन

कैलाली - विक्रम विश्वकर्मा, कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बस्नुहुन्थ्याे । खेतीपाती गरेर गुजारा टार्दै आएकाे उहाँकाे परिवार झण्डै २० वर्षअघि कर्णाली नदीमा आएकाे बाढीका कारण विस्थापित भयो। विश्वकर्मा मात्रै हाेइन अरुणाफाँटका दर्जनौँ परिवार बाढीका कारण तितरबितर भए । जग्गा बगरमा परिणत भयो । अहिले जग्गाको नामनिसान नै छैन ।  तर, करिब दुई दशकपछि अहिले विश्वकर्माले जग्गाको खोजी सुरु गर्नुभएको छ ।  कर्णाली नदीमा तटबन्ध निर्माणपछि आफ्नो लालपुर्जा भएक...

राजापुर र गेरुवामा एक हजार चार सय घर डुबानमा

पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले  राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार सय घर डुबानमा परेर  अधिकांश बासिन्दा विस्थापित भएका छन् ।विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा  खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ । गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल

बाढीले उठिबास हुने अवस्था आएपछि मन्त्रीलाई डेलिगेसन

काठमाडौं, चैत १० । बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले […]

सुदूरपश्चिमका बाढी पीडित किसानले अझै पाएनन् राहत

१३ मंसिर, धनगढी । बेमौसमी वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका सुदूरपश्चिमका किसानले प्रदेश सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई राहत प्याकेज घोषणा गरेपनि झण्डै डेढ महिना बित्दा समेत घोषणाअनुसार कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् । निरन्तरको वर्षापछि कर्णाली नदीमा आएको […]

प्रधानमन्त्री देउवाद्वारा बर्दियाको बाढी पीडित क्षेत्रको अवलोकन

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् ।सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी थिए ।कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिक