डेंगुबाट निधन भएका उम्मेदवार शेखरचन्द्र थापाको स्थानमा कांग्रेसले मानबहादुर लिम्बूलाई उठाउने भएको छ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो ।
क्षेत्र नम्बर...
विराटनगर : मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ। नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बू लाई सो क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि समय दिएको थियो।नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्ट
नेपाली कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन् । यसअघि यहाँबाट महामन्त्री गगन थापालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस भएर आएको थियो ।
सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार बनाएको हो । सिन्धुलीमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी सत्ता गठबन्धनमा क्षेत्र नम्बर –२ भने माओवादीको भागमा परेको छ । क्षेत्र नम्बर–२ मा […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनाेद चाैधरीले टिकट पाएका छन् । कांग्रेसले उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएकाे हाे
नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् । ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै
इलाम । नेपाली कांग्रेसले इलाम नगरपालिकाको मेयर र उपमेयर तथा देउमाई नगरपालिकाको मेयर पदको टुंगो लागेको छ । इलाम नगरपालिकाको मेयरमा केदार थापा र उपमेयरमा विष्णु दाहाल लिम्बुको नाम टुंगो लगेको हो । नेपाली कांग्रेस प्रदेश समितिले उम्मेदवारको टुंगो लगाएको हो । यस्तै, देउमाई नगरपालिकाको मेयरमा होम दुलालले टिकट पाउने निश्चित भएको नेपाली कांग्रेस जिल्ला […]
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भरतपुर र पोखरा महानगरपालिकामा पनि उपप्रमुख टुंगो लगाएको छ ।
बालुवाटार स्रोतका अनुसार भरतपुर महानगरमा चित्रसेन अधिकारी र पोखरा महानगरमा सुरेन्द्रमान बिजुक्छेको नाम फाइनल भएको छ ।
यो सँगै कांग्रेसले गठबन्धनबाट आफ्नो भागमा परेको सबै महानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ ।
नेपाली कांग्रेसले काभ्रेबाट प्रदेश सभामा 'गुण्डा नाइके' गणेश लामालाई उम्मेद्वार बनाएको छ। लामा कांग्रेसबाट काभ्रेपलाञ्चको १ को (ख)बाट उम्मेद्वार बनेका हुन्। उनी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए। फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएसँगै उनी पनि कांग्रेसमा आएका हुन्। काभ्रेमा कांग्रेसका प्रतिनिधिसभाका उम्मेद्वार तीर्थ लामाले गणेश लामा प्रदेश सभाबाट उम्मेद्वार बनेको पुष्टि गरे। प्रहरीमा लामाविरुद्ध अपहरण र असुलीका…