काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको बताएका छन्। बाइडेनले राष्ट्रपतिका रुपमा कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध हस्तक्षेप गर्न चाहे पनि पूर्ण युद्ध चाहेको भने आफूलाई नलागेको बताएका हुन्। उनले भने, ‘रुसी राष्ट्रपति पुटिन युक्रेन मामिलामा निश्चित हस्तक्षेपमा अघि बढ्लान तर पूर्ण युद्ध चाहन्छन् भन्ने मलाई लाग्दैन।’ बाइडेनले रुसले य