बालअधिकार र समस्या

  नेपालमा पहिलोपटक बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ लगायत थुप्रै ऐन, नीति, नियम र कार्य योजना आए । यसको साथसाथै हालसम्म ५० हजारको हाराहारीमा गैरसरकारी संस्था (एनजीओ) र ३ सयको हाराहारीमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) नेपालमा क्रियाशील रहेको तथ्यांक छ । यीमध्ये धेरैले बालअधिकारको क्षेत्रमा कार्य गर्ने भनी समाज कल्याण परिषद्बाट स्वीकृति लिएका छन् । […] The post बालअधिकार र समस्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेको तर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए।...

बालअधिकारको आवश्यकता र समस्या : RajdhaniDaily.com

RajdhaniDaily.com | नेपालमा पहिलोपटक बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ लगायत थुप्रै ऐन, नीति, नियम र कार्य योजना आयो । यसको साथसाथै हालसम्म ५० हजारको हाराहारीमा - बालअधिकार

यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत बन्दै किशोरकिशोरी

कैलारी गाउँपालिका–८ की आस्मा चौधरीलाई महिनावारी भएको कुरा अरूलाई सुनाउन लाज लाग्ने गर्दथ्यो। पर सरेको कुरा सकेसम्म कसैले थाहा नपाओस् भन्ने उहाँको चाहना हुन्थ्यो। त्यतिखेर उहाँलाई स्वास्थ्य सरसफाइ कसरी गर्ने भन्ने कुराको पनि राम्रो ज्ञान थिएन। घर परिवार वा साथीभाइसँग महिनावारी भएको कुरा गर्दा केही भन्छन् कि भन्ने चिन्ता त थियो नै, कुरा गर्न पनि लाज लाग्ने गथ्र्यो आस्मालाई। तर अहिले महिनावारी भएको कुरा घर परिवार र साथीभाइलाई नलजाई ढुक्कले सुनाउने गर्नुहुन्छ। महिनावारी भएको समयमा पीडासमेत लुकाउन खोज्ने आस्मा यति बेला भने महिनावारीलगायत यौन र प्रजननको कुरा खुलेर सुनाउने गर्छन्। उनमा यतिसम्मको चेतना तथा परिवर्तन भने त्यसै आएको होइन। किशोरकिशोरीलाई लक्षित गरेर कैलारी–८ मा सञ्चालन गरिएको ‘रूपान्तरण’ कक्षामा सहभागी भएपछि आस्मामा यस किसिमको चेतना र परिवर्तन आएको हो। आस्मा भन्नुहुन्छ, “कसैले केही नभन्दा पनि लाज लाग्ने र डर नै लाग्थ्यो।” आस्मा जस्तै ग्रामीण क्षेत्रका किशोरकिशोरी अहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा मात्रै गर्दैनन्, यसबारे सचेत पनि हुन थालेका छन्। रूपान्तरण कक्षामा सिकाइको स्वास्थ्य शिक्षा र प्रजननका विषयमा दिइएको प्रशिक्षणले किशोरकिशोरी पूर्ण रूपमा सचेत बन्न थालेका हुन्। यौन हिंसा, घरेलु हिंसा, बालश्रम, बालविवाह, बालअधिकार, नागरिक अधिकारलगायत विविध विषयमा जानकार हुन थालेका छन्। उमेरसँगै आइपर्ने शारीरिक तथा मानसिक चुनौती, शारीरिक परिवर्तनलगायत विभिन्न समस्याका बारेमा साथीसँगी, दौँतरी र घर परिवारसँग खुलस्त रूपमा कुरा राख्ने गरेको किशोरकिशोरीको भनाइ छ। आफूलाई परेको स्वास्थ्य तथा अन्य हिंसाजन्य समस्या विद्यालयका साथीभाइलाई सुनाउनुका साथै घरमा परिवारका सदस्यसँग पनि खुलेर राख्ने गरेको १६ वर्षीय किशोर सुमित चौधरीले बताउनुभयो।