काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्ष कांग्रेसमा वैकल्पिक सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने मत सशक्त बनेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावको एजेन्डालाई लिएर शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान जोड दिएका हुन् । विश्वासको मत नपाउनेबित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपतिको सहयोगमा संविधानको […]