भदौ १७, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल- १ को नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
ती दुबै योजनाले नगद लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम इकाईधनीले नगद लाभांश पाउने छन् ।
एनएमबि फिप्टीले आव २०७७/ ७८ को मुनाफाबाट इकाईधनीलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल - १ ले २० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेका छन् ।