लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

साउन ११, काठमाडौं । लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कोषले नगद लाभांश वितरण प्रयोजनको लागि साउन १३ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ ।